प्रदेश नम्बर २ को सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा जारी मुस्लिमहरुको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुईजनाको मृत्युु भएको छ ।
धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक नेपाली र अर्का भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।
शनिबार देखि ३ दिनसम्म चल्ने सम्मेलनमा २ लाखभन्दा बढी नेपाल र भारतका मुस्लिम मौलवी, मौलाना लगायतकाहरुको सहभागिता रहेको बताइएको छ।
शनिबार बेलुका कार्यक्रमस्थलमा भीडका कारण निस्सासिएर बेहोस भएका १ जना भारतीय नागरिक र सम्मेलनबाट बिरामी भएर घर फर्कंदै गरेका १ नेपाली नागरिकको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
मृत्युु भएका नेपाली नागरिकको पहिचान हुन नसकेपनि भारतीय नागरिकको पहिचान भइसकेको छ । भारतको बिहार प्रान्तस्थित मोतिहारी जिल्लाका ७४ वर्षीय हारुन रसिदको मृत्यु भएको डिएसपी भारतीले जनाए ।रातोपाटि.कम बाट
संख्या को data milena aja ko din byaana 7 baje ko aakada Total car , bus, bike gari 20 lakh sawari sadhan vela vayeko pustti parking subida baa khabar paiyeko xa, ra manis ko sankhya 2 corer 35 lakh xa ra aaune ko sankhya anaginti xa ajjai 10 baje samma ma sankhya aparamparpar hunxa.. jai nepal