वसन्त अनुभव
काठमाडौ, ५ फागुन / डिल्लीबजार कारागारमा बिगत साढे तीन महिना देखि बन्दी रहनु भएका पुर्वसभामुख एवं दाङ क्षेत्र नं.२ का सांसद कृष्ण बहादुर महरा आज जेलमुक्त हुनुभएको छ ।
आज काठमाडौ जिल्ला अदालतले उहाँ माथी लगाइएको सम्पुर्ण आरोप झुठो भएको प्रमाणित गर्दै उहाँलाई सफाइ दिएको हो । उहाँ माथी संसद सचिवालयकी एक महिला कर्मचारीमाथी बलात्कारको प्रयास गरेको भन्ने आरोप लगाइएको थियो ।
पीडित भनिएकी रोशनी शाहीले पटक पटक ममाथि दबाब दिएर उजुरी हाल्न लगाएको, उहाँ त मेरो बाबुसमान मान्छे भएको उहाँबाट त्यस्तो कुकृत्य हुनै नसक्ने जस्ता लिखित र मौखिक अभिब्यक्ती सामाजिक सन्जाल लगायत अदालत समक्ष उपस्थित भएर राख्दा समेत महराले सफाइ पाइराख्नु भएको थिएन ।
अन्तत ३० दिनको प्रहरी हिरासत र साढे तीन महिनाको कारावास बसाई पछि अदालतको फैसलाबाट आरोप मुक्त भइ छुट्नु भएको हो । डिल्लीबजार कारागारबाट उहाँ छुट्दै गर्दा जेल बाहिर उपस्थित जनसमुदायले एम.सी.सी. बिरोधमा चर्को नारा लगाएका थिए ।
प्रहरीको कडा सुरक्षाबिच छुट्नु भएका पुर्वसभामुख महराले छुटे लगत्तै अदालत लगायत परिवारका सदस्यहरु, शुभचिन्तकहरु, समर्थकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, कानुन व्यवसायीहरु, मित्रहरू सबै प्रती आभार र धन्यवाद ब्यक्त गर्नुभएको छ ।
धन्यवाद ज्ञापनमा उहाँले अन्तत आफू माथी लगाइएको गलत सावित भएको बताउनु भयो । उहाँले भन्नुभयो
‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’
साथै उहाँले आफु एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा गर्ने जुन आफ्नो पहिलो र उच्च प्राथमिकता रहेको र रहिरहने बताउनु भएको छ ।
अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महराद्वारा धन्यवाद ज्ञापन !
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।
यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु।
म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।
एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।
धन्यवाद !
२०७६ फागुन ५
कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२
‘अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’ रोशनी शाही
पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको फैसला आएसँगै संसद सचिवालय कर्मचारी रोशनी शाहीले आफू उक्त फैसलाबाट खुसी भएको बताउनु भएको छ । उहाँले महरा सर र आफू दुबैले न्याय पाएको अभिव्यक्ती दिनु भएको छ ।
महराज्युले दु:ख पाउनुको कारण त तपाईं नै होनि भन्ने प्रश्नमा त्यसको कारण आफू नभई राज्यनै भएको बताउनु भयो । त्यतिबेला आफू अस्वस्थ भएको कारण के बोले बोले तर पछि होइन भन्दाभन्दै उहाँमाथी षड्यन्त्रपुर्वक मुद्दा दर्ता गरिएको थियो आज ती षड्यन्त्र गर्नेको हार भएको बताउनु भयो ।