५ फागुन, बुटवल । रुपन्देहीको एक गाउँ मर्चवारमा आयोजित महायज्ञमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।
नेपालमा दिनानुदिन नेपाली चेलीहरु बलत्कार हिंसाको सिकार बन्दै आएकी छिन् । जिल्लाको सम्मरीमाई गाउँपालिका-३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन जना युवाले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुर्याइ तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।
यस्ता महिला हिंसाका घटनाहरु कहिले आफन्तहरुबाट त कहिले गाँउले बाट भएको छ । यस्ता घटनाबारे सरकारले कडा भन्दा कडा नियम कानुन बनाउन जरुरी देखिन्छ । श्रोत अनलाईन खबर