वसन्त अनुभव
कमिरेचौर, २९ माघ / जनयुद्ध दिवस २०७६ को अवसर पारेर बंगलाचुली गाउँपालिकाले भोलि फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।
गाउँपालिकामा मिति २०७६ माघ २७ गते बसेको कार्यपालिकाको बैठकले फागुन १ गते बंगलाचुली गाउँपालिका क्षेत्र भरी सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
उक्त दिन बंगलाचुली गाउँपालिका कार्यालय, वडा कार्यालयहरु तथा गा.पा.अन्तर्गतका सम्पूर्ण संघ, संस्था, सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा स्थानिय सार्वजनिक विदा दिने निर्णय भएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले जानकारी दिनुभयो ।