विद्यार्थीहरुलाई प्रदेश एक्स्पो सहज ढंगले अवलोकन गराउने हेतुले तुलसीपुर उपमहानगरपालिका, ले भोलि सोमबार तुलसीपुर नगर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा बिदा दिने भएको छ ।
प्रदेश नं.५ मा भए गरेका विविध पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले दाङ जिल्लाको बेलझुण्डीमा आयोजित प्रदेश एक्स्पो कार्यक्रममा अवलोकनकर्ताहरुको निकै भिडभाड रहने गरेको छ । तर उक्त कार्यक्रममा विद्यालयमा हुने पढाईले गर्दा विद्यार्थीहरु एक्स्पो अवलोकन गर्नका लागि पर्याप्त मात्रामा आएको देखिएन ।
तसर्थ उपमहानगरपालिकाले सम्पुर्ण विद्यार्थीहरुलाई सोमबार एक्स्पो अवलोकन गर्न आउनका लागि आव्हान गरेको छ । विद्यार्थीहरुलाई एक्स्पो अवलोकन अध्ययन गर्ने कार्यमा सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरिएको छ ।
प्रदेशभरिका विभिन्न बहुपक्षीय कुराहरु ब्यावहारिक ढंगले विद्यार्थीहरुले अवलोकन गरून्, केही सिकुन भन्ने उद्देश्यले भोलि संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिनका लागि अनुरोध गरिएको शिक्षा समिती संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँले प्रदेश भरीका कुराहरु एकै ठाउँमा हेर्ने र वुझ्ने अवसरबाट कुनै पनि विद्यार्थी वञ्चित नहुन भन्नका लागि यस्तो अनुरोध गरिएको समेत वताउनुभयो । भोलि सोमबार प्रदेश एक्स्पोको अन्तिम दिन हो ।
सोसल मिडियामा शेयर