भेडाहरुमा देखिएको रोग प्रकोप नियन्त्रण उन्मुख

  • २० माघ २०७६, सोमबार १२:५४ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, दाङ, २०७६ माघ १९
    पुर्वी रुकुमको भुमे गाउँपालिका लगायतका स्थानबाट घोराही उपमहानगरपालिका वडा नं. १९ सैघाको पाँचपोखरीमा चरनका लागि घुम्ती गोठमा ल्याईएका भेडाहरुमा देखिएको प्रकोप नियन्त्रण उन्मूख देखिएको छ

    वर्षेनी रोल्पा रुकुम लगायतका स्थानबाट घुम्ती चरनका लागि त्यहाँका भेडा/बाख्रापालक किसानहरुले आफ्ना भेडाबाख्राहरु दाङ पनि ल्याउने गरेका थिए । यसबर्ष पनि चरनका लागि भेडाहरु ल्याइएकोमा रोग प्रकोपका कारण धेरै संख्यामा भेडाहरु मरेकाले किसानहरु ठूलो मर्कामा परेका छन । रोल्पाको सात दोवाटो देखी पाँच पोखरी आईपुग्दा सम्म २ सय ३० वटा भेडाहरु मरेको भेडापालक पिलम पुनले बताउनुभयो ।

    ठूलो संख्यामा भेडा मरेको सूचना पाउने बित्तिकै
    भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराही दाङ र घोराही उपमहानगरको पशु सेवा शाखाका खटिएको पशु प्राविधिकहरुको टोलीले नमुना संकलन तथा निरन्तर उपचार गर्दै आएको छ ।

    आज पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर के.सी. घोराही उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख जिवराज पौडेल र वडा सदस्य जंग रोकाको नेतृत्वमा गएको प्राविधीक टोलीले झण्डै २ सय भेडाहरुको उपचार गरेको छ ।

    Leave a Reply