प्रधानमन्त्री केपी ओलीलाई एमसीसी वारे खुल्ला पत्र !!!

  • २१ माघ २०७६, मंगलवार ००:३३ मा प्रकाशित
  • सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
    प्रधानमन्त्रीको कार्यालय, नेपाल सरकार
    सिंहदरवार, काठमाण्डौ ।

    हार्दिक अभिवादन , यो प्रवासमा १८ वर्षदेखि मजदुर गरिरहेका म अत्यन्त साधारण नेपालीले श्री ६ कै उच्च श्रेणी हजुर जतिकोलाई खुल्ला पत्र लेख्ने मेरो हैसियत कदापी पुग्दैननै, तरपनि नेपाल आमालाई माया गर्ने साधारण नागरिकको हेतुले यहाँ समक्ष विन्ति विलौना कहिरहेछु ।

    प्रधानमन्त्रीज्यू , तपाँई प्रधानमन्त्रीको गरिमामय ओहदामा २०७४/फाल्गुण/३ गतेवाट वस्नुभएको आज करिव दुईवर्ष भयो । त्यसवेला यहाँले प्रतिवद्वदा जाहेर गर्नुभएको “आर्थिक, समृद्धि र विकासमा दुईवर्ष भित्रमा कहिं जनतावाट कुनै गुनासो सुन्नुहुनेछैन” देखि लिएर ‘पानी जहाज,हावावाट चल्ने घरघरमा विजुली र ग्यास, कुनै भिक मागिखानेहरु सडकमा भेटिने छैन ,मुलुक दुईवर्षमा समृद्ध हुन्छ’ आदि भन्नुभएको अहिलेपनि युट्युवमा छ्यापछ्याप्ति भेटिन्छ । यी कुराहरु म अहिले कोट्याऊन चाहन्न ।

    तपाँई प्रधानमन्त्री हुनुभएपश्चात मुलुकमा अत्यन्त कहालीलाग्दो कैयौं दुर्घटना भए । किशोरी निर्मलाको हत्यारा कहिले पत्ता लगाउने ? ३३ किलो सुनका ठूला माछा कहिले समात्ने ? सुकुम्वासी जग्गा लिने गरिव तपाँईकै नेकपाका महासचिव विष्णु पौडेलले(छोरा नविनको नाममा)कसरी वालुवाटारको करोडौको जग्गा कप्ल्याए ?अपराधीभै छ वर्ष जेलमा वसेकी ईशाई चर्चका संस्थापक शिनओकजु मार्फत पैसाकै लागि होली वा़ईनको तान्डवले यहाँको धार्मिक सहिष्णुतामा कति असर पार्यो ? नेपाली सेना र व्यापारिक सटरद्वारा खुल्ला टुँडीखेलको जग्गा कसरी अतिक्रमण भयो ? यस्ता विकृति र विसंगतिको भन्डाफोर गर्दा हिजो हक्की पत्रकार रवी लामिछानेलाई किन फसाउन खोजियो ? जनताको आवाज वुलन्द गर्ने देशभक्त ज्ञानेन्द्र शाही माथि किन हत्यागर्न दुष्प्रयासमा भाडाका गुन्डा परिचालन गरियो ? ती खलनायक र मतियारहरुलाई किन अहिलेसम्म कारवाही भएन ? अझ सूचना विधेयक निरीह जनता डाम्ने निरंकुश कानुन ल्याउने ? यस्ता अनगिन्ति तपाँईकै कार्यकालमा घटिरहेको कुरोको टिप्पणी गर्न म चाहन्न यसैले यहिं विंट मारौ।

    प्रधानमन्त्रीज्यू, म चाहन्छु आजको मुख्य विषय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्वन्धि । आज अमेरिकाले आफूलाई विश्वको सवैभन्दा शक्तिशाली वन्ने होडमा ७० वटाभन्दा वढि राष्ट्रमा आफ्नो सेना र प्रभुत्व फैलाएको छ । उस्को वर्खिलापमा जाने वा एकाधिकारवादी अमेरिकी साम्राज्यवादको विरोध गर्ने जुनसुकै राष्ट्र र व्यक्तिलाई हरेक हत्कण्डा प्रयोग गरेर भएपनि तहस नहस पार्छ । यस्को ज्वलन्त उदाहरण कर्णेल गद्दाफी,ओशामाविन लादेन,सद्दाम हुसेन र भर्खरै कासिम सुलेमानी हुन भने राष्ट्रहरु अफगानिस्तान ,ईराक, सिरिया,रुमानिया, रुवान्डा, लिभिया आदि हुनको साथै अहिलेपनि ईरानसँग पौठेजोरी खेलीरहेको छ ।

    प्रधानमन्त्रीज्यू, हाम्रो देश नेपाल एउटा ईतिहासदेखिनै कसैको गुलाम र उपनिवेश नभै सार्वभौमसत्ता सम्पन्न,भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्र राष्ट्र हो । तर हालै हाम्रो देश नेपाललाई पनि अमेरिकी सरकारवाट रु ५५ अरवको लालीपप एमसीसी प्रोजेक्ट देखाएर चीनलाई तह लगाउनको निम्ति हाम्रै मातृभूमिलाई क्रिडा स्थल वनाउन लागिएको कुरोले यो मन हुन्डरिएको छ । मलाई लाग्छ अनुदान र ऋणकै भरले अहिलेसम्म कुनैराष्ट्र समृद्ध र धनी भएको छैन ।अमेरिकी एनजिओ, आईएनजिओहरु युनिसेफ युएनडिपी आदि नेपालमा भित्रिएको चार दशक भैसक्यो । के उनिहरुको सहयोगले हामीले काँचुली फेर्यौं ?

    ५५ अरबको विभिन्न सर्तहरु सहित अनुदानमा सम्पूर्ण जनशक्ति, भूभाग,श्रोत, विधुत ट्रान्समिसन, सडक, सञ्जाल,लेखा परिक्षण, नितिनियम,सुरुमै दश हजार सेनाहरु राख्ने, हातहतियार गोलीगठ्ठा आदि भारत सरकारको समर्थनमा अमेरिकाले दिनेभनेपछि, यो सोझै उस्को देखाउने दाँत र चपाउने भित्री दाँत अर्को छ भनेर छर्लङ्गै भएको छ ।यतिसम्म हुँदा पनि थाहा नपाउने धिक्कार छ तपाँईको कुठाराघाती र राष्ट्रघाति सोंचलाई ।

    प्रधानमन्त्रीज्यू , यहाँहरुले दिनुभएको तर्क ‘५५ अरब अहिले सम्मकै सवैभन्दा ठूलो विदेशी अनुदान’ भएतापनि यो ५५ अरब भन्दा पनि डव्बल खरबौं रुपैया कम्तिमा अहिलेसम्म कर नतिर्नेहरु (जो सर्वोच्च अदालतवाटै निर्णय भैसकेको) एनसेलवाट ७२ अरब,तत्कालीन राजस्व विभागका महानिर्देशक भ्रष्ट चुंडामणी शर्मावाट ३० अरब,स्विस वैंकवाट ५२ अरब, वाईड वडी जहाजवाट ६.५९ अरब, भाटभटेनी सुपरमार्केटवाट ८० करोड आदि मात्र उठाउनु भयोभने पनि देशले समृद्धि र विकासमा कायापलट मार्नेछ भन्ने मेरो वुझाई हो । तर प्रधानमन्त्रीज्यू तपाँईले यी माथिका भ्रष्ट संस्था र व्यक्तिहरुलाई अहिले सम्म छुट दिनुभएको कारणले, तपाँईकै अपवित्र सांठगाँठ भएको छ भन्ने कुनै अड्कल गरिरहनु परेन हामीलाई ।

    प्रधानमन्त्रीज्यू, तपाँई, तपाँईको सहपाठी प्रचण्ड, शेर ब. देउपा,कमल थापाज्यूहरु स्वार्थ र शक्तिको लागि देशलाई लेन्डुपेझैं वन्धकी राख्नु पछिपर्नु हुन्न भन्ने आजको तपाँईहरुको अमेरिकी साम्राज्यवाद उर्फ राष्ट्रघाति एमसीसी सम्झौता प्रति देखाउनुभएको लम्पसारवाद, चाकरीवाद र लाचारीपनको घोर भर्त्सना गर्दछु । स्वार्थकै लागि एमसीसी पारित गर्न मतियार अग्नि सापकोटालाई सभामुखमा ल्याउनुभो, तपाँईहरु स्वयंले देशको प्रमुख नदिनाला, कलकारखाना, उध्योग आदि वेच्नुभएको कुरा र भारतले कालापानी,लिपियाधुरा,लिपुलेख लगायत हजारौ ठाँउमा सिमा मिचिरँहदा केवल सत्ता,शक्ति र सम्पत्तिकै लागि तिलाञ्जली दिनु तपाँईहरु तैयार हुनुहुन्छ भन्ने हामी जनतालाई छर्लङ्गै भैसक्यो । यी अनगिन्ति तपाँईहरुको कर्तुत यहाँ लेखेर साध्य छैन ।एमसिसिको पक्ष्यमा उभिएका शेरे,कमले जस्ताले पेरु को फुजिमुरिको इतिहास पढ्न जरुरी छ,माओबादीहरु गुन्जालुको शिक्षा पढ्न जरुरी छ, एमसीसी रोकेन्न भने देश रहेन सत्य हो।
    सोसल मिडियामा शेयर

    Leave a Reply