प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको कैद मिनाहा

  • ६ फाल्गुन २०७६, मंगलवार २१:३८ मा प्रकाशित
  • फागुन ६, काठमाण्डौ । सरकारले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३२९ कैदीलाई बाँकी कैद मिनाहा गरी रिहा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी ति कैदीको बाँकी कैद मिनाहा गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्ति अनुसार संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यनयन) ऐन २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली २०७६ बमोजिम राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरुको कैद मिनाहा गरिएको हो ।

    उनीहरु बुधबार रिहा हुने छन् सरकारले ६० प्रतिसत जेल सजायँ भुक्तान गरिसकेका लाई सम्बन्धित जेल प्रशासन हुँदै कारागार बिभाग बाट आएको प्रस्ताव अनुसार उनीहरुलाई रिहा गर्ने निर्णय गरिएको हो । रिपोर्टर्सनेपाल बाट

    Leave a Reply