काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँ घटाएको छ ।
सोमबार राती १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको नेपाल आयल निगमले जनाकारि दिएको हो ।
निगमले यस अघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । यता, एलपी ग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मुल्य १४ सय पुगेको छ ।सिभिलखबर