नेफ्स्कूनलाई सिटिइभिटिद्धारा सहकारी तालिम सञ्चालन सम्बन्धन प्राप्त

  • १६ फाल्गुन २०७६, शुक्रबार २१:१७ मा प्रकाशित
  • भक्तपुर, फागुन १६ । नेफ्स्कूनलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) द्धारा छोटो अवधिका तालिमहरु सञ्चालन का लागि आज सम्बन्धन प्राप्त भएको छ । अभियानको माग बमोजिम नेफ्स्कूनको निरन्तरको प्रयास पछि परिषदले तालिम सञ्चालनका लागि सम्बन्धन प्रदान गरेको हो ।

    यससँगै अब नेफ्स्कूनले तीन वटा मोड्युलका सहकारी सम्बन्धी तालिमहरु सञ्चालन गरी परिषदबाट प्रमाणिकरण गराउन सक्नेछ । नेपालको सहकारी क्षेत्रमा दक्ष जनशक्ति तयार गरी अभियानलाई थप सुदृढ र बलियो बनाउनको लागि यो कार्यक्रमले सहयोग गर्ने विश्वास लिइएको छ ।

    नेफ्स्कूनलाई परिषद्ले सहकारी व्यवस्थापक, रिसेप्सेन एवं क्यासियर (खचाञ्जी) र बचत तथा ऋण परिचालन गरी तीन वटा विषयमा तालिम सञ्चालन पश्चात परिषदबाट सिप परिक्षणको लागि सम्बन्धन दिएको हो ।

    नेफ्स्कून र परिषद विचको सहकार्यमा गत वर्ष यस सम्बन्धी पाठयक्रम निर्माण भई स्वीकृत भएको थियो । पाठ्यक्रम निर्माण कार्यमा नेफ्स्कूनको व्यवस्थापन, आबद्ध संस्थाका व्यवस्थापक लगायतका व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।

    नेफ्स्कूनले तालिम केन्द्र मार्फत हरेक वर्ष दश हजार जनाको संख्यामा विभिन्न विषयहरुमा सहकारी सम्बन्धी शिक्षा तथा तालिम प्रदान गर्दै आएको छ भने यसै वर्षबाट परिषदबाट प्रमाणिकरण हुने उल्लेखित तिनवटा तालिमहरु समेत सञ्चालन गर्नेछ ।
    साकोस आवाज

    Leave a Reply