कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहान शहरका नेपालीलाई स्वदेश ल्याउने सरकारले निर्णय गरेको छ । त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तीमार्फत सूचना दिएको छ ।
महामारी रहेको वुहानमा रहेका नेपाली स्वदेश फर्काउन विशेष चार्टर्ड जहाज पठाउने तयारी भइरहेको जनाइएको छ । विशेष चार्टर्ड जहाजको खोजीमा सरकारले लागेको दूतावासले जनाएको छ ।
वुहानबाट स्वदेश फर्कन चाहने नेपालीलाई फारम भर्न दूतावासले आग्रह गरेको छ । beijing@nepalembassy.org.cn मा फारम भर्नेहरुलाई काठमाडौं ल्याइनेछ ।
उनीहरुलाई राख्न टेकुमा छुट्टै व्यवस्था गरिएको छ । भाइरसको आयु १४ दिन हुने भएकाले चीनबाट ल्याइएका नेपालीलाई टेकुमा राखिनेछ ।
संसारका विभिन्न देशमा फैलिसकेको कोरोनाभाइरसबाट चीनमा २५९ जनाको मृत्यु भइसकेको छ भने १२ हजार बढीमा संक्रमण देखिएको छ ।