नेपाल टेलिकमलाई गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री बाँस्काेटाकाे आग्रह

  • २२ माघ २०७६, बुधबार २२:३४ मा प्रकाशित
  • सम्बोधन गर्दै सेवाको पहुँचको विस्तारपछि आउने चुनौती र गुणस्तरमा सुधार गर्दै आगाडि बढ्न उहाले सुझाव दिनुभएको हो ।

    उहाँले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताउनुभयो। उहाँले भन्नुभयो ‘पहुँचको विस्तारपछि गुणस्तरमा सुधार गर्नुपर्छ ।  सेवा मात्रै विस्तारित गरेर भूभाग मात्रै कब्जा गरेर हुँदैन ।’ 

    मन्त्री बाँस्काेटाले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतीक्षित फोरजी सेवा परियोजना देशैभरी पुर्‍याउन सफल भएको समेत बताउनुभयो । उहाँले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताउनुभयो ।

    मन्त्री बाँस्कोटाले टेलिकममा कार्यरत केही कर्मचारीहरु आन्दोलन गरिरहेको उल्लेख गर्दै जायज माग भए सम्बोधन गरिने तर राजनीति गर्नेलाई ठेगान लगाइने बताउँदै भन्नुभयो, ‘राजनीति गर्नेभए पार्टी कार्यालय जानुस् ।’  

    उहाँले राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्न आग्रहसमेत गर्नुभयो । उहाँले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पुर्‍याउने खेल भइरहेको समेत बताउनुभयो ।

    टेलिकमले वार्षिकोत्सव मनाइरहँदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउनुभएको हो । उज्यालोअनलाइन.कम बाट

    Leave a Reply