नेकपा सांसद गुरुङ्गको माग : स्वस्थानीका पाना च्यात्नुपर्छ

  • २८ माघ २०७६, मंगलवार २२:०८ मा प्रकाशित
  • २८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद यसोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी छन् ।

    मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको बताइन् ।

    ‘…छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रसासमा सशक्त अभियानको खाँचो छ । जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्, छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाको पानाहरु च्यात्न सकोस्’ उनले भनिन् ।

    छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको सांसद सुवेदीले बताइन् ।

    ‘सदियौंदेखि नेपाली महिलालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोड भत्काउनुमात्र पर्याप्त हुँदैन’ उनले भनिन् ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु ? मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ ।पहिलोअपडेट.कम बाट

    Leave a Reply