नवनियुक्त आईजीपीले गरे पदभार गहण

  • २९ माघ २०७६, बुधबार १४:४३ मा प्रकाशित
  • काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन्।गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै ज्ञवालीले कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

    गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट प्रदान गरेका थिए।

    मंगलबारको मन्त्रिपरिषद्को बैठकले बुधबारदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो। यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो।

    ज्ञवालीले २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। आईजीपी ज्ञवालीले आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन्। 

    अन्नपूर्णपोष्ट बाट

    Leave a Reply