धमाधम राजिनामा दिँदै नर्सहरु

  • १ फाल्गुन २०७६, बिहीबार १९:५२ मा प्रकाशित
  • हेटौडा, फागुन १ / एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत खटाईएका नर्सहरुले राजीनामा दिन थालेपछि बाग्मती प्रदेशकै लोकप्रिय कार्यक्रमको स्थायित्व जोगाउन सामाजिक विकास मन्त्रालयलाई चुनौती देखिएको छ ।

    अन्य क्षेत्रका राम्रा आकर्षक अवसर पाएका कारण नर्सहरुले धमाधम राजीनामा दिन थालेपछि सरकारलाई यो कार्यक्रम जोगाउनै चुनौती भएकोे मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य प्रमुख सतीश विष्टले बताउनुभयो ।

    कतिपय विद्यालयले नर्सलाई विषयगत कक्षा नै लिन लगाइरहेका कारण पनि कार्यविधि अनुसारको काम गर्न समस्या भएको बिष्टको भनाइ छ ।

    यो बर्ष नियुक्ती लिएका एकसय १ जना मध्ये ४ जनाले राजिनामा दिइसकेका छन् । राजीनामा दिनेमध्ये काभ्रेबाट २, ललितपुर र रामेछापबाट एक एक जना रहेका छन् । गतवर्ष २० जना नर्सहरु छनौट भएकामा २ जनाले राजिनामा दिएका थिए ।

    गत बर्ष २० वटा बिद्यालयमा सुरु भएको यो कार्यक्रम यस वर्ष एकसय २१ वटा विद्यालयमा सञ्चालित छ ।

    विद्यालयमा नर्स राखिएपछि विद्यार्थीहरुको स्वास्थ्य तथा सोचमा सकारात्मक परिवर्तन आएको छ । गत आर्थिक वर्षमा एक विद्यालय एक नर्स कार्यक्रमका लागि यो वर्ष ६ करोड ७० लाख रुपैया विनियोजन गरिएको छ । गत वर्ष एक करोड बजेट छुट्याइएको थियो
    हेल्थपाटी

    Leave a Reply