दुर्घटनामा अटो चालकको मृत्यु

  • १६ फाल्गुन २०७६, शुक्रबार २१:३८ मा प्रकाशित
  • सुनसरीको रामधुनी नगरपालिका–१ मा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। को २ ह ६२६३ नम्बरको टेम्पो भित्री सडक खण्डमा पल्टदा इनरुवा नगरपालिका–७ का ३५ वर्षीय नन्दराज खवास अटो चालकको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

    प्रहरीका अनुसार अटो अत्यधिक तीब्र गतिमा रहेका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको हो। गम्भीर घाइते भएका खवासलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।नेपालन्युज.कम

    Leave a Reply