वसन्त अनुभव
दाङ, २०७६ फागुन १६ गते / तुलसीपुर उपमहानगरपालिकमा आज दादुरा रुबेला विरुद्ध खोप कार्यक्रमको सुभारम्भ भएको छ । तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेले खोप लगाउन आएका बच्चालाई समातेर खोप लगाउन सघाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
तुलसीपुरको मीडीया चोकमा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, डम्वर कवर , सिता कवर, भुप वहादुर मल्ल लगायतको उपस्थितिमा तुलसीपुर उ.म.न.पा. जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका प्रमुख ओमप्रकाश न्यौपानेले वच्चालाई दादुरा खोप लगाईदिएर तथा स्वास्थ्य कार्यलय दाङ प्रमुख सुनिता पौडेलले पोलियो थोपा खुवाएर कार्यकमको शुरुवात गरिएको थियो ।
आज तुलसीपुरका २८ स्थानवाट खोप शुरुवात गरियको थियो। जसमा ३५ खोप कार्यकर्ता, ५६ स्वयमसेवक परिचालन गरियको थियो। ५०७८ जनालाई पोलियो थोपा र ४८४३ लाई दादुरा खोप लगाईएको थियो । भोली तुलसीपुरका १९ स्थान वाट खोप दिने कार्यक्रम रहेको छ ।
भोलि खोप सन्चालन हुने स्थानहरु
वार्ड नं १ मा ढकाल पसल
वार्ड नं. ३ मा प्रतापकोट
वार्ड नं ५ मा प्रादेशिक अस्पताल र मिलन चोक
वार्ड नं ६ मा हात्तिखौवा, सिपविकास, रामनगर चोक, गौरीडाडा, गोलौरा चौतारा
वार्ड नं ७ मा जीतपुर
वार्ड नं ८ मा वटोलपुर
वार्ड नं ९ मा शिव मन्दिर
वार्ड नं १० मा पुकार पसल
वार्ड नं ११ मा दिव्यज्योति वोर्डिग
वार्ड नं १३ मा ढकाना
वार्ड नं १४ मा ड्वागपुर
वर्डानं १६ मा मजगाउँ
वार्ड नं १८ खोलिगाउमा
उपरोक्त स्थानमा खोपकेन्द्र राखि खोप दिईने जानकारी तुलसीपुर उपमहानगर पालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिनुभएको थियो।
सोसल मिडियामा शेयर