दादुरा रुबेला खोप अभियान २०७६ सम्बन्धि म.स्वा.स्व. से.स्तरीय अभिमुखिकरण

  • ११ फाल्गुन २०७६, आईतवार २३:२१ मा प्रकाशित
  • वसन्त अनुभव
    उरहरी,११ फाल्गुन / दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ स्थित उरहरी स्वास्थ्य चौकीले यहि फागुन १६ गतेदेखि सन्चालन हुने दादुरा रुबेला खोप अभियानलाई लक्षित गरि म.स्वा.स्व.से.हरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम आज उरहरीमा सम्पन्न गरेको छ ।

    ज्येष्ठ महिला स्वास्थ्य स्वयंसेविका श्री चन्द्रादेवी डाँगीज्युको अध्यक्षतामा संचालित उक्त कार्यक्रम तुलसीपुर उ.म.न.पा.११ र १२ का महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो । हे.अ. यज्ञ बहादुर के.सी.को स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा हे.अ. शेर बहादुर वि.सी. र स्वास्थ्यचौकी प्रमुख चित्र बहादुर वलीले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वडा नं ११ र १२ का ५ वर्ष मुनिका जम्मा १६५६ बालबालिकाहरुलाई लक्षित गरि यो खोप अभियान सन्चालन गर्न लागिएको र खोप अभियान यहि फाल्गुन १६ गते देखि २५ गते (१० दिन) सम्म संचालन गरिने जानकारी गराइएको थियो । साथै अभियानमा जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, म.स्वा.स्वं.से.हरु एवं सरोकारवालाहरु परिचालित हुने गरि कार्ययोजना बनाई अघि बढिने बारे जानकारी दिइएको थियो ।
    कार्यक्रमको सन्चालन उरहरी स्वास्थ्यचौकीका अ.हे.व. खड्ग विवश बि.सी.ले गर्नुभएको थियो ।

    दादुरा रुबेला खोप अभियान २०७६ सम्बन्धि वडा स्तरिय अभिमुखिकरण

    उरहरी स्वास्थ्यचौकीले दादुरा रुबेला खोप अभियान २०७६ अभियान सफल पार्न यहि फागुन ८ गते १ दिने वडास्तरिय अभिमुखिकरण कार्यक्रम भब्यता साथ सम्पन्न गरेको छ ।
    अभियान बारे प्रचार प्रसार गर्ने र कार्यक्रममा सरिक हुने सामुहिक प्रतिबद्धता सहित वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष श्री चित्र बहादुर वलीज्युको अध्यक्षतामा सन्चालन भएको उक्त कार्यक्रममा वडा नं १२ का सदस्य श्री मान बहादुर खत्रीज्यु, लगायत दुबै वडाका जन प्रतिनिधिहरु, HFOMC उरहरीका पदाधिकारीहरु, शिक्षकहरु, स्वास्थ्यकर्मीहरु लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

    अ.न.मि. विष्णु वलीको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा उरहरी स्वास्थ्यचौकी प्रमुख चित्र वली र हे.अ. यज्ञ बहादुर के.सी.ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सन्चालन हेल्थ असिस्टेन्ट शेर बहादुर बि.सी.ले गर्नुभएको थियो ।

    दादुरा रुबेला खोप अभियान उरहरी दाङमा सन्चालन गरिने सम्बन्धि सूचना

    दादुरा रुबेला रोग बाट बच्न ९ महिना देखि ५ वर्ष सम्मका वालवालिका लाई खोप लगाउने अभियान यस उरहरी स्वास्थ्य चौकीबाट निम्न मिति र स्थानमा सन्चालन गरिने भएकोले आफ्नो पायक पर्ने केन्द्रमा लिनुहोस र खोप लगाउनुहोस
    स्थान मिति
    १. सिस्टर होम २०७६ फाल्गुन १६ गते
    २. दिब्यज्योति स्कुल ” ” ” १७
    ३. चन्द्रोदय विद्याकुन्ज (मा.वि.) १८
    ४. अमर मा.वि. उरहरी १९
    ५. क्वाङी स्थित स्कुल २०
    ६. पिरगाउ स्थित स्कुल २१
    ७. न्यू शान्ति बोर्डिङ स्कुल २२
    ८. नवलपुर स्थित स्कुल २३
    ९. कटाहा स्थित स्कुल २४
    १०.सुकौरा स्थित स्कुल २५

    *दादुरा खोप लगाउनु पर्ने उमेर समूह: ९ महिनादेखि ५ वर्ष सम्मका वालवालिका
    *पोलियो खोप दिनु पर्ने उमेर समूह: जन्मे देखि ५ वर्षसम्मका वालवालिका 

    अत: जन्मे देखि ५ वर्ष सम्मका सबै वालवालिकालाई खोप केन्द्रमा लिएर खोप सेवा लिन नछुटाउनुहोला भनी अनुरोध गरिन्छ ।
    सोसल मिडियामा शेयर

    Leave a Reply