दाङको घोराहीमा सगुन आयुर्वेदको उद्घाटन

  • ९ फाल्गुन २०७६, शुक्रबार १७:४९ मा प्रकाशित
  • दाङ, ९ फागुन । दाङको घोराहीमा सगुन आयुर्वेद प्रालिले सेवा आरम्भ गरेको छ । डा. मुरली मनोहर रौनियार र वाइबी धौलाकोटीले संयुक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गर्नुभएको हो ।

    राप्ती अञ्चललाई सेवा क्षेत्र बनाएको प्रालिबाट सम्पूर्ण किसिमका आयुर्वेद औषधिहरु उपलब्ध हुने सञ्चालक प्रवेशराज जोशीले जानकारी दिनुभयो । मेडिकल क्षेत्रमा क्रियाशील १० जना व्यक्तिहरुको संयुक्त लगानीमा पसल सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका आयुर्वेद औषधिहरुको सहज आपूर्ति गर्ने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याइएको उद्घाटनका अवसरमा जानकारी गराइएको थियो ।

    आयुर्वेद औषधिको माग बढे पनि सहज उपलब्धता नभएको भन्दै दाङका वाइबी धौलाकोटी, लक्ष्मीप्रसाद कँडेल, प्रवेशराज जोशी, ईश्वरीप्रसाद अधिकारी, दीपकराज वली, दामोदर भुसाल, डा. हेमन्तकुमार रौनियार, कृष्ण खड्का, बालकृष्ण केसी र प्रवीण गुरुङले संयुक्त लगानीमा पसल सञ्चालनमा ल्याउनुभएको हो । पसल सञ्चालनमा मेडिकम फर्मा घोराहीको विशेष सक्रियता रहेको बताइएको छ ।

    उद्घाटन कार्यक्रम लक्ष्मीप्रसाद कँडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन ईश्वरीप्रसाद अधिकारीले गर्नुभएको थियो ।
    संचार अनलाइन

    Leave a Reply