त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

  • २७ माघ २०७६, सोमबार २२:४२ मा प्रकाशित
  • काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

    आगलागीपछि यात्रुहरु तितरवितर हुँदा दोहा उड्‍नुपर्ने कतार एयरवेजको जाहज उड्‍न सकेको छैन । यसैगरी,काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन,सिल्क एयर,हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जाहाज सिमरामाथिको आकाशमा ‘होल्ड’मा छन् ।कान्तिपुर समाचार बाट

    थप विवरण आउन बाँकी।

    Leave a Reply