तौलेश्वर मन्दिरमा महाशिवरात्रिका अवसरमा दर्शनार्थीहरुको घुईचो ॥

  • ९ फाल्गुन २०७६, शुक्रबार १६:३८ मा प्रकाशित
  •  
    राघबेन्द्र चौबे (कपिलवस्तु ) कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा शुक्रबार बिहानैदेखि हजारौंको संख्यामा भक्तालु दर्शनार्थीहरुको घुईचो लागेको छ । विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । नेपालकै शिवमन्दिरहरुमा रहेको शिवलिंगहरुमध्ये सबैभन्दा ठुलो शिवलिंग यसै मन्दिरमा छ ।

    महाशिवरात्रिका अवसरमा तौलिहवा बजारमा ठूलो मेलासमेत लागेको छ । महाशिवरात्रिका दिनमा भगवानको कथा सुन्नाले आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मन्दिर बाहिर वरपर स–परिवार कथा सुन्ने भक्तजनहरुको समेत भीड लागेको छ ।शिवरात्रिको अवसरमा कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँचीलगायत जिल्लाबाट साथै भारतीय सीमा क्षेत्र सिद्धार्थनगर र बलरामपुरबाट समेत हजारौं दर्शनार्थी यहाँको शिवलिंगमा पुजा गर्न तथा मेला भर्न आउने गरेका छन् । शिवरात्रीमा भक्तजनहरुलाई व्यवस्थित ढंगले दर्शनको व्यवस्था मिलाउन एवं सुरक्षा प्रदान गर्न

    Leave a Reply