तुलसीपुरमा भोली देखि दादुरा रुवेला रोग विरुद्ध खोप अभियान शुरु

  • १५ फाल्गुन २०७६, बिहीबार २१:३४ मा प्रकाशित
  • तुलसीपुर, २०७६ फागुन १५ गते / तुलसीपुर उपमहानगरपालीकाका १९ वटै वडामा भोलि देखि दादुरा रुबेला विरुद्ध खोप अभियान शुरु हुने भएको छ।

    नगर क्षेत्रका ९ महिना देखि ५ वर्ष (५९ महिना ) सम्मका १४,९३६ वालवालिकालाई दादुरा रुवेला विरुद्ध खोप लगाईदैछ भने जन्मेदेखि ५ वर्ष सम्मका १७,९९७ वालवालिकालाई पोलियो थोपा समेत खुवाईने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।

    वर्षेनि नेपालमा दादुरा रुवेला रोगको महामरी भई धैरे वाल-वालिका विरामी परेको र केहीको ज्यान समेत गुमाउनु परेकोले सन २०२३ सम्ममा नेपालवाट नै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ ५ वर्ष मुनिका वालवालिकालाई दादुरा /रुवेला र पोलियो थोपा खुवाउने कार्यक्रम देशव्यापि रुपमा संचालन गर्ने अभियानको रुपमा नेपाल सरकारले यो कार्यक्रम सन्चालन गर्न लागेको हो ।

    यस कार्यक्रम अन्तर्गत दाङमा पहिलो चरणमा ५ वटा पालिकावाट अभियान शुरु गर्न लागेको छ। तुलसीपुरमा मात्रै १३० खोप केन्द्र , १४५ स्वास्थ्यकर्मी र २७० जना स्वयमसेवकहरु परिचालन गरिने भएको छ। हरेक वडाको पाएक पर्ने ठाउवाट तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले खोप दिने व्यवस्था मिलाईएको छ।

    भोलि मात्रै तुलसीपुरका २८ स्थानमा खोप केन्द्र राखि खोप दिईदैछ। त्यसको सम्पुर्ण तयारी पुरा भैसकेको , हरेक स्वास्थ्य संस्थामा खोप सामग्री पुगिसकेको छ भने सवै वडामा खोप लगाउन आउनकालागि निमन्त्रणा कार्ड समेत वितरण भैसकेको जन स्वास्थ्य प्रर्वधन महाशाखाका जन स्वास्थ्य निरिक्षक विमल केसीले वताएका छन।

    भोली तुलसीपुरको ५ नं वडाको ८ स्थानहरु मिलनचोक, ज्ञानज्योति स्कुल, सिस्ने वोर्डिग, मिडिया चोक, राप्ति लाईफकेयर अस्पताल, प्रादेशिक अस्पताल, उघ्योग वाणिज्य संघ, फातिमा वोर्डिग स्कुलमा खोप सन्चालन गरिनेछ ।

    त्यसैगरि वर्डा नं ६ को सेम्स वोर्डिग, हिमाल वोर्डिग, स्टार चोक, वरुवा गाउ, राप्ति विध्या मन्दिरमा खोप सन्चालन गरिनेछ ।

    वर्डा नं ४ को श्रीगै, डाडापातु, रक्षाचौर नमुनामाविमा खोप सन्चालन गरिनेछ ।

    वर्डानं ७ को हाम्र पहुच, पर्सेनी नगर स्वास्थ्य केन्द्रमा खोप सन्चालन गरिनेछ ।

    वर्डानं ३ को टुनापानीमा खोप सन्चालन गरिनेछ ।

    वर्डान १० को सगरमाथा वोर्डिग स्कुलमा खोप सन्चालन गरिनेछ ।

    वर्डानं ८ को कृष्ण मन्दिरमा खोप सन्चालन गरिनेछ ।

    वर्डा नं १६ को फचकलुवा चौतारामा खोप सन्चालन गरिनेछ।

    वर्डान १८को हेमन्तपुरमा खोप सन्चालन गरिनेछ ।

    वर्डा नं १० को एयरपोर्टमा खोप सन्चालन गरिनेछ ।

    वर्डानं ११ को सिस्टरहोममा खोप सन्चालन गरिनेछ ।

    वडा १ को अभिधारा भन्ने स्थानवाट खोप संचालन गरिनेछ।

    वर्डा नं १५ को पहलिमा खोप सन्चालन गरिनेछ ।

    वर्डा नं १३ को वखरियामा खोप सन्चालन गरिनेछ ।

    स्वास्थ्यचौकीहरुले ९-१४ दिन सम्म यो खोप संचालन गर्नेछन। १७ गते तुलसीपुरको ६ नं वडाको ६ स्थान गरि जम्मा १७ स्थान वाट खोप दिईनेछ भने वाकी स्वास्थ्य संस्थाहरुले १/१ स्थानवाट खोप दैनिक रुपमा ९ दिन देखि सम्म संचालन गर्ने छन ।

    यस कार्यकालागि सम्पुर्ण स्थानिय वुद्धिजीवी, राजनितिक दल, विध्यालय, युवासंजाल ,महिला संजाल, पत्रकार सम्पुर्णमा सहयोगको अपेक्षा गरियको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख ओम प्रकाश न्योपानेले वताउनु भयको छ। सोसल मिडियामा शेयर

    Leave a Reply