तीन वर्षभित्र नेपाल पुरै विद्युतीकरण : वर्षमान पुन

  • १६ फाल्गुन २०७६, शुक्रबार २२:१० मा प्रकाशित
  • शुक्रबार काठमाडौंमा ‘मिनीग्रिड विशेष कार्यक्रम’ शुभारम्भ गर्दै उनले प्रदेश २, कर्णाली र सुदूरपश्चिमलाई पूर्ण उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सरकारले काम अघि बढाएको बताएको हो ।

    क्रममा मन्त्री पुनले ३ वर्षमा कम्तिमा ६ सय मिनीग्रिडको लक्ष्य सरकारले राखेको बताउँदै उक्त लक्ष्य पूरा गर्ने बताए । अर्थ मन्त्रालयबाट झण्डै २२ अर्बभन्दा बढी बजेटको स्रोत सुनिश्चित भएको बताउँदै उहाले उच्च हिमाली तथा पहाडी क्षेत्रमा बिधुतिको पहुच पु¥याउने बताए ।

    हुम्ला र डोल्पामा राष्ट्रिय प्रशारण नपुगेको भन्दै मिनीग्रिडमार्फत १२ वटा कार्यक्रम शुभारम्भ गरिएको उनले बताए । यसैवर्ष कालिकोट र जुम्लामा पनि पुग्ने बताए ।

    ऊर्जा क्षेत्रमा १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनमा सरकार लागेको बताउँदै मन्त्री पुनले वैकल्पिक ऊर्जा, सौर्य र वायू लगायतको आगामी १० वर्षमा योगदान हुने बताउनुभयो । वैकल्पिक ऊर्जा केन्द्रले विगतमा र अहिले सहयोग गर्दै आएको भन्दै योजनाहरु निर्माण र प्राविधिक सहयोग गर्ने काम सरकारले गरेको उहाले बताए ।

    शुक्रबार उज्यालो नेपाल अभियान अन्तर्गतको ‘मिनीग्रिड विशेष कार्यक्रम’ को औपचारिक शुभारम्भ भएको हो ।

    सरकारले उज्यालो नेपाल कार्यक्रम अन्तर्गतको विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरी आगामी ३ वर्षभित्र सबै नेपालीका घरघरमा विद्युतको पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट भाषणमार्फत यो कार्यक्रमको घोषणा भएको थियो ।

    साथै, कार्यक्रममा हुम्लाको ताजाकोटमा ४ वटा र डोल्पाको से फोक्सुन्डोमा ४ वटा मिनीग्रिड संचालनका लागि बैकल्पिक उर्जा प्रवर्धन केन्द्रका अध्यक्ष र सम्बन्धित गाउँपालिकाबिच सम्झौतापत्रमा हस्ताक्षर समेत भयो । नयाँपेज.कम बाट

    Leave a Reply