तनहुँमा दुईवटा बस ठोक्किँदा ४० जना घाइते

  • ११ फाल्गुन २०७६, आईतवार १२:४९ मा प्रकाशित
  • ११ फागुन, काठमाडौं । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा मिनीबस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन् ।
    दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस आइतबार बिहान एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
    दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
    घाइते मध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा पठाइएको उनले बताए ।
    ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।
    साभार : अनलाइन खबर

    Leave a Reply