तनहुँको आँबुखैरेनीबाट लागुऔषध कारोबारी समातिए,

  • १ फाल्गुन २०७६, बिहीबार १४:५६ मा प्रकाशित
  • गाेरखा । तनहुँको आँबुखैरेनीमा स्कुटरको सिट मुनि लुकाइ लेराएको ठुलो परिमाणको लागु औषध फेला परेको छ ।

    आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ग. १७ प. ३३७२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाएर लैजादै गरेको अबस्थामा १६६ थान लागु औषध फेला पारेको हो ।

    बरामद भएको मध्ये ५२ थान डाईजेपाम, ५१ थान नुर्फिन र ५३ फेनारगन रहेको प्रहरी निरीक्षक वुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले उक्त स्कुटरमा सबार लम्जुङको दूधपोखरी गाउँपालिका ६ घर भई हाल सुन्दरबजार नगरपालिका ८ ठाडो लाइन बस्ने ३० बर्षका आइते तामाङ र सुन्दरबजार नगरपालिका ६ तार्कु निबासी २४ बर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिएको छ ।

    उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सिभिल खबर बाट

    Leave a Reply