जनविद्युत् आयाेजना भएकाे लमजुङ अन्धकारमा

  • १७ फाल्गुन २०७६, शनिबार २१:४२ मा प्रकाशित
  • लमजुङ– विद्युत् उत्पादनकाे हब भनेर चिनिने लमजुङमा दर्जनभन्दा बढी जलविद्युत आयोजनहरू सञ्चालनमा छन् । कतिपय योजना निर्माणाधीन छन् । जिल्लामा उत्पादित विद्युतले देशभर झिलीमिली भए पनि यहाँका अधिकांश स्थानीयबासी भने टुकी बत्तीको भरमा बस्न बाध्य भएका छन् ।

    जिल्लाकाे दोर्दी गाउँपालिका-७ मा पर्ने फलेनी, दुई घारे, सिङ्ली, दैलुङ, नागी, लस्सीबाेटलगायतका करिब एक दर्जन गाउँमा विद्युतीकरण हुन सकेको छैन । विद्युत पोल र तारहरू छरिएर अलपत्र परेकाे छ । गाउँमा विद्युत नहुँदा गाउँमा कुटानी पिसानी, विद्युतीय उपकरणको प्रयोग साथै बालबालिकाको पढाइसमेत प्रभावित भएको जीवन अमर आधारभूत विद्यालयका प्रधानध्यपक रोशन गुरुङ बताउँछन् ।

    सो क्षेत्रमा मेमे पोखरी विद्युत सहकारी संस्थाले विद्युतीकरणको जिम्मा लिएको लामो समय भइसकेकाे छ । संस्थामार्फत २०७३ सालमा २ करोड २८ लाखमा जनमुखी कन्ट्रक्सनले विद्युतीकरणको टेण्डर लिए पनि काम हुन सकेको छैन । निर्माण व्यवसायीले काममा ढिलाइ र लापरवाही गरेकाले विद्युतीकरणमा समस्या भएकाे दोर्दी गाउँपालिका-७ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ बताउँछन् । फरकधार.कम बाट

    Leave a Reply