जनकपुर । धनुषाको शहिदनगर नगरपालिकाले बिहीबार सार्वजनिक विदा घोषणा गरेको छ । बिहिबार फागुन १ गते पर्ने तत्कालिन नेकपा माओवादीले गरेको सशस्त्र संघर्ष अर्थात १० वर्षे जनयुद्ध दिवसको अवसरमा शहिदनगर नगरपालिकाले विदा घोषणा गरेको हो ।
शहिदनगर नगरपालिका कार्यपालिकाको बैठकबाट निर्णय गरि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विदा दिएको बुधबार एक सूचना प्रकाशित गर्दै निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले जनाए ।
प्रमुख प्रशासकीय अधिकृत झाले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ, ‘महान जनयुद्ध दिवस २०७६ को अबसरमा फागुन १ गते यस नगरपालिकाको कार्यलय र यस अन्तर्गतका कार्यलयहरुमा सार्बजनिक बिदा गरिएको सबैमा जानकारी गराइएको छ ।रातोपाटिबाट