छोरी कुटेको निहुँमा साथीको हत्या !

  • १९ माघ २०७६, आईतवार २०:२४ मा प्रकाशित
  • १९ माघ, विराटनगर । झापा विर्तामोडका २२ वर्षीय अभिषेक कटवालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विराटनगर– १० का २८ वर्षीय विजय कार्की र बुढीगंगा गाउँपालिका–४ बस्ने २२ वर्षीय अर्जुन भण्डारीलाई पक्राउ गरेको हो ।
    मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ पराल र बालुवाले छोपेको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
    हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए । अनलाइनखबर बााट

    Leave a Reply