घोराही उ.म.न.पा.का ६ स्थानमा बिपत ब्यबस्थापन पुर्ब सूचना प्रणाली (सेन्सर) यन्त्र राखिने

  • २७ माघ २०७६, सोमबार २२:४८ मा प्रकाशित
  • घोराही उपमहानगरपालिकाका विभिन्न ६ स्थानमा विपत व्यवस्थापन पुर्व सूचना प्रणालीको सेन्सर यन्त्र राख्ने गरि विपत न्यूनीकरण गर्नका लागि राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्र (NCDR) ताईवान र घोराही उपमहानगरपालिका बिच आज ताईवानमा सम्झौता भएको छ ।

    उक्त सम्झौतामा घोराही उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख नरुलाल चौधरी र राष्ट्रिय बिज्ञान तथा प्राविधि केन्द्र (NCDR) ताइवानका तर्फबाट डाक्टर होङ्ली चेनले हस्ताक्षर गर्नु भएको छ ।

    उक्त सम्झौताका लागि घोराही उपमहानगरपालिकाबाट मेयर नरुलाल चौधरी र नगरको बाताबरण तथा बिपत ब्यबस्थापन समितिका संयोजक एवं वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगी ताईवान पुग्नु भएको थियो ।

    उक्त विपत व्यवस्थापन पुर्व सूचना प्रणालीको सेन्सर यन्त्र जडान पश्चात् भुकम्पको पुर्ब सूचना, बर्षामा पानीको जोखिम मापन, हावाको गति मापन लगायत विभीन्न जोखिमपुर्ण घटनाहरुको पुर्व सूचना प्राप्त गर्न सकिने छ ।

    उक्त अवसरमा बोल्दै नगर प्रमुख चौधरीले यन्त्रले दिने सुचनाले जोखिम घटाउन ठूलो भुमिका खेल्ने बताउनु भयो । प्राप्त जानकारीका अनुसार आगामी ६ महिना भित्रमा उक्त यन्त्रहरु जडान हुनेछन ।

    प्रारम्भिक चरणमा नगरको कार्यालय, वडा नम्बर २,७,९,१० र १२ मा राख्ने गरि ताइवानको प्राबिधिक टोलिले निरीक्षण समेत गरी सकेकोछ ।
    सोसल मिडियामा शेयर

    Leave a Reply