प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माण तथा बाराको चक्रवातपछिको पुनर्निर्माण उल्लेख्य प्रगति हासिल गरेको जनाएका छन्।
आफ्नो दुई-वर्षे कार्यकालका बारेमा प्रतिनिधिसभालाई जानकारी दिँदै बारा जिल्लाको चक्रवातमा परेकामध्ये ८ सय ६९ घर निमार्ण गरी जनतालाई दिइएको उल्लेख गरेका हुन्।
‘भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत गत २ वर्षमा ३ लाख ७४ हजार निजी घरको निर्माण सम्पन्न भएको छ, ३०० भन्दा बढी सरकारी भवन, २ हजार ६०० भन्दा बढी विद्यालय भवन बनेका छन्,’ उनले संसदलाई जानकारी दिदै भने, ‘३२५ पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ, ऐतिहासिक धरहरा र रानीपोखरीको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ, यो अङ्क पनि हो, अनुभूति पनि।’
जनता आवास कार्यक्रमअन्तर्गत ८ हजार आवास इकाइ निर्माण गरिएको प्रधानमन्त्रीले तथ्यांक पेश गरेका छन्।
‘२०७५ चैत १७ गते राति आएको हावाहुरी र चक्रवातका कारण बारा र पर्सा जिल्लामा क्षति भएका ८ सय ६९ घरको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिसकिएको छ,’ उनले अगाडि भने, ‘यसले हाम्रो जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोधलाई स्पष्ट गरेको छ, यो जनताले आफ्नै पीडामा गरेको सबल सरकार हुनुको अर्थ र अनुभूति हो।’ नेपालन्युज बाट