
गणपती प्लाष्टो ईण्डष्ट्रिज प्रा.लि नेपालगंजले बलियो र भरपर्दाे (भित्र सेतो कलर भएको प्लाष्टिक ड्रम (घ्याम्पा) बजारमा ल्याएको छ ।
ईण्डष्ट्रिजले नेपालमै पहिलो पटक शत-प्रतिशत फुड ग्रेडबाट उत्पादित डबल लेयरको, घाम पानीमा नबिग्रिने, जुनसुकै सामान राख्न मिल्ने प्लाष्टिक ड्रम बजारमा विक्री वितरण शुरु गरेको प्रा.लिका संचालक प्रमोद सोनीले बताए ।
उनले निकट भविष्यमै प्लाष्टिकका अन्य सामानहरु समेत चाँडै कम्पनीबाट उत्पादन गरी बजारमा विक्री वितरण गर्ने जानकारी दिए ।
सुदूरपश्चिमका लागि आधिकारीक विक्रेता भट्टराई प्लाष्टिक शोरुम धनगढीका संचालक राम नाथ भट्टराई गणपति ब्राण्डको प्लाष्टिक ड्रमको बजारमा बढ्दो माग रहेको बताए ।
ईण्डष्ट्रिजले दुध क्यान, ग्यालिन लगायत प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आईरहेको जनाएको छ ।