
काठमाडौं –: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले ललिता निवास जग्गा प्रकरणमानीतिगत निर्णयको नाममा तत्कालिन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइनु दूरा सयपूर्ण भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सार्वजनिक सम्पत्ति बदनियतपूर्ण रुपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्ने जिकिर गरे ।
‘यदि सार्वजनिक जमिन व्यक्तिको नाममा सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रक्रियामा संलग्न मन्त्री दोषी हुन्छन् भने उक्त प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न गराउन निर्देशन दिने तत्कालिन प्रधानमन्त्री र संलग्न अन्य अधिकारी उक्त अपराधबाट उन्मुक्ति पाउन सक्दैनन्’ उनले भनेका छन् ।
थापाले कानूनको अपब्याख्या गर्दै उन्मुक्ति दिने प्रयत्न दूरासयपूर्ण हुने बताए ।बालुवाटारको ललिता निवासको सरकारी जग्गा मन्त्रिपरिषदको निर्णयबाट व्यक्तिको नाममा गए पनि अख्तियारले मन्त्रिपरिषदको निर्णय नीतिगत भएकाले त्यस विषयमा प्रवेश गर्नुनपर्ने भनी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु क्षेत्राधिकारभित्र नपर्ने बताएको थियो ।
थापाले कांग्रेस नेता विजयकुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए । साभारThe Ab Presents Nepal