कपिलवस्तु – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै सरकारलाई आन्दोलनबाटै जवाफ दिने बताएका छन् ।शनिबार कपिलवस्तुको मायादेबी गाउँपालिकाको पकडीमा आयोजित आमसभामा सम्बोधन गर्दे पूर्व उपप्रधानमन्त्री यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताएका हुन् । ‘मधेसी, थारु र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने समय आउँदैछ’ यादवले भने, ‘ संविधान संशोधन नहुँदासम्म सरकारसँग लड्न र अन्दोलन गर्न तयार छौं ।’राज्यले पैसा र अनुहार हेरे नागरिकता दिने गरेको तर नेपाल बन्नुभन्दा मधेशमा बसोबास गरेका थुप्रै नेपालीका सन्तानहरुले नागरिकता पाउन नसकेको उनले बताए ।आफूहरु विदेशीलाई नागरिकता दिन हुन्न भन्ने पक्षमा रहेको स्पष्ट पार्दै नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण रहेकाले नागरिकता ऐनलाई सच्याउन माग गरे । नागरिकतामा लैंगिक असमानता पनि रहेको उनको भनाई थियो । ‘महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्छ’ यादवले भने, ‘जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्छ ।’केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको र ादवले पुर्ण रुपमा असफल भएको उनले बताए । ‘यो सरकार भ्रष्टाचारीले चलाएको बताएका छन्’ यादवले भने, ‘कम्यूनिष्टको नाममा भ्रष्टाचार र लुटतन्त्र मात्रै मौलाएको छ ।’
गाउँपालिका अध्यक्ष समाजवादीमा
यसैबीच कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षसंगै वडा नं. ६ का वडा अध्यक्ष विजयबहादुर यादव पनि समाजवादीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका दुबैजनालाई पार्टी अध्यक्ष यादवले पार्टी प्रवेश गराएका हुन् ।