काठमाडौं उपत्यकामा सुविधासम्पन्न ३ शौचालय बनाउँदै ‘एनआरएन

  • २० माघ २०७६, सोमबार १६:४४ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने सङ्घले नै व्यहोर्ने छ ।
    र स्थानमा निर्माण गर्ने लक्ष्य रहे पनि  पहिलो चरणमा  कलङ्की र कोटेश्वरमा शौचालय निर्माण गरिनेछ ।  ती दुई स्थानका लागि  आगामी हप्ता बोलपत्र आह्वान गर्ने तयारी  छ । त्यसैगरी सङ्घले चाबहिलमा चाहे पनि निर्माणका  लागि कामपाले स्वीकृति दिएको छैन ।  महाराजगञ्जमा भने दोस्रो चरणमा निर्माण गरिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए । अध्यक्ष पन्तले भने, ‘निर्माण गर्न लागिएका सबै शौचालयहरु लैङ्गिकमैत्री, शारीरिक अपाङ्गमैत्री र बालबालिकाले समेत सहज प्रयोग गर्न सक्ने खालका हुन्छन् ।’
    अध्यक्ष पन्तका अनुसार एउटा शौचालय निर्माणका लागि रु ६५ लाख लाग्ने छ ।  एउटा शौचालय निर्माणका लागि तीन महिना लाग्ने अनुमान गरिएको छ ।  बढीमा आगामी आठ महिनामा सर्वसाधारणले राम्रो शौचालय प्रयोग गर्न पाउनेछन् । शौचालय निर्माणपछि  व्यवस्थापनको जिम्मा भने कुनै एक कम्पनीलाई दिने निर्णय भएको  एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले जानकारी दिए । 
    राजधानी काठमाडौँ सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा पानी अभाव हुँदा अत्यन्तै फोहर र दुर्गन्धित छ । प्रायः शौचालयहरुमा हात धुन साबुन पनि राखिएको पाइँदैन  । सबैले प्रयोग  गर्न नसक्ने हुनाले अत्याधुनिक शौचालय निर्माण गर्न लागिएको कार्यक्रम अधिकृत मिश्रले बताए ।  एक पटकमा बढीमा सात जनासम्मले प्रयोग गर्न सक्ने गरी निर्माण गर्न लागिएको उक्त शौचालय प्रयोग गर्नका लागि न्यून शुल्क लाग्ने भए पनि कति भन्ने विषयमा निर्माणपछि मात्र निश्चित हुने  जनाइएको छ ।  रातोपाटि बाट

    Leave a Reply