राघबेन्द्र चौबे
कपिलवस्तुमा करेन्ट लाग्दा एक बालिकाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको हो । मायादेवी गाउपालिकाको गगापुर (भैसकुन्डा) का बिजय कुमार पासी कि ६ वार्षिय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको बताइएकोछ । बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय कक्षा १ मा अध्यनरत थिइन । घर बाट बिद्यालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ । हेन्ड पम्पमा जडान रहेको मोटर बाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन । घटनास्थलमा प्रहरी पुगि अनुसन्धान गरिएको छ । घटना पछि बालिका पढने बिद्यालयले एक विज्ञप्ती जारी गरि समबेदना व्यक्त गरेको छ ।