एक सय ५० जुम्ल्या रहेको अनौठो शहर

  • ६ फाल्गुन २०७६, मंगलवार २१:२७ मा प्रकाशित
  • एजेन्सी, ६ फागुन । भारतको एउटा सानो शहरमा धेरै नै जुम्ल्याहाहरू छन् । तर, किन त्यसो भयो भन्ने कसैलाई थाहा छैन ।

    दक्षिणी भारतको तमिलनाडुस्थित सर्काझीका विद्यालयहरूमा १ सय ५० जुम्ल्याहाहरू पढिरहेका छन् । र शिक्षकहरुलाई समेत उनीहरुलाई छुट्टा–छुट्टै राख्न निकै समस्या हुने गरेको छ । तर, कतिपय जुम्ल्याहाहरु अरुले दिने प्रतिक्रिया रमाइलो लाग्ने बताउँछन् ।

    आफूहरु जुम्ल्याहा भएकोमा र अरुको ध्यान आफूतिर आकृष्ट गर्न सकेकोमा भाग्यमानी ठान्दछन् । यहाँ गत दशकमा जुम्ल्याहाको संख्या बढेको पाइएको विद्यालयका अधिकारीहरुले बताएका छन् । तर किन यस्तो भयो भन्ने निष्कर्ष निकाल्ने किसिमको अध्ययन भने अहिलेसम्म भएको छैन । र, त्यसको अध्ययन हुनुपर्ने कुरा भने उठिरहेको छ ।

    Leave a Reply