उमेश कुशवाहा
माघ २१ वीरगंज
पर्साको पोखरिया नगरपालिकामा आफ्नै बुवाबाट एक किशोरी बलत्कारको शिकार बनेकी ति किशोरीले आरोप लगेकी छन, छोरीलाई बुवाले बन्धक बनाएर पटक पटक बलात्कारको आरोपमा बुवालाई प्रहरीले पक्राउ समेत पनि गरेको हो।
पोखरिया नगरपालिकाको वडा नं. ४ सतवरिया निवासी ४० बर्षिय बुवाले १६ बर्षिय छोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले बुवालाई पक्राउ गरेको हो ।
शुक्रबार देखी नै आफ्नै घरभित्र छोरीलाई बलात्कार गर्दै आएको आरोपमा रौनियार थरका एक जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आफुलाई बुवाले घरमा बन्धक बनाएर बलात्कार गर्दै आएको किशोरीको आरोपको आधारमा अनुसन्धान गर्न बुवालाई पक्राउ गरिएको इप्रका पोखरियाले जनाएको छ ।
घटनाबारे सोधपुछ गर्न बुवाको साथै आमा र छोरीलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरिक्षक उपेन्द्र यादवले वताए ।
गाउँमा एक जनाको मृत्यु भए पछि घर बाहिर निष्कन पाएकी किशोरी इलका प्रहरी कार्यालय पोखरियमा पुगी बुवाले बलात्कार गरेको मौखिक जानकारी गराए पछि घटना बाहिर आएको हो ।
कसैको लहलहैमा लागेर पनि छोरीले बुवामाथि आरोप लगाउन सक्ने भएकाले छोरी, बुवा र उनका आमालाई महिला सेलमा राखेर प्रहरीले साधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपनिरिक्षक गौतम मिश्रले जानकारी गराएका हुन ।