अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन्न

  • २२ माघ २०७६, बुधबार १८:१८ मा प्रकाशित
  • वसन्त अनुभव-
    हापुर, विजौरी, २२ माघ २०७६
    घोराही उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित हापुर स्वास्थ्यचौकी, दाङको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि एक दिने हात्तीपाइले रोग निवारण कार्यक्रम २०७६ सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    हापुर स्वास्थ्यचौकी भवनमा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख तुल्सिराम गिरीले हात्तिपाईले रोग, हात्तीपाइले रोग निवारण कार्यक्रमका सम्बन्धमा जानकारी दिनु भएको थियो । साथै उहाँले कार्यक्रम सफल बनाउनका लागि गर्नुपर्ने आवश्यक सम्पुर्ण प्रक्रिया बारे समेत छलफल गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १२ सेवारत सम्पुर्ण महिला स्वास्थ्य स्वयं सेबिकाहरुको उपस्थिति रहेको थियो ।

    Leave a Reply