अब डायलाइसिस सेवा लमहीमा सुरु हुने

  • २१ माघ २०७६, मंगलवार ०७:४४ मा प्रकाशित
  • दाङ – लमहीमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना भएको छ। गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले लमहीमा सेन्टरको स्थापना गरेको हो।

    रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाइसिस सेन्टरले यहि माघ २२ गते ११ बजेदेखि सेवा शुभारम्भ गर्ने तयारी गरेको छ।

    गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाइसिस मेसिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले २२ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए।

    हाल १० वटा मेसिनबाट बिरामीहरुको मिर्गौला डायलाइसिस गरिने र आवश्यकताको आधारमा थप मेसिन समेत जडान गरिने उनले बताए।

    करिब ५ करोडको लगानीमा शुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० जनालाई सेवा दिन सकिने बताइएको छ।

    हाल दाङ, प्यूठान लगायतका जिल्लाबाट २५ जना बिरामी नियमित डायलाइसिसको लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन्।
    स्वास्थ्यखबर

    Leave a Reply