अदालतले सफाइ दिएपछि कारागारबाट छुटे महरा

  • ५ फाल्गुन २०७६, सोमबार १६:३४ मा प्रकाशित
  • ५ फागुन, २०७६ काठमाडौ । बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा आज डिल्लीबजार कारागारबाट छुटेका छन् ।
    उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

    उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए ।अनलाइनखबर बाट

    Leave a Reply