अदालतले छोड्न आदेश दिए लगत्तै माइला लामा पक्राउ

  • १९ माघ २०७६, आईतवार १९:५२ मा प्रकाशित
  • नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका तत्कालीन उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई अदालतले छोड्न आदेश दिए लगत्तै प्रहरीले पक्राउ गरेको छ। 

    यो नेपालको कानुनकै कारण देशको दुरदशा छ। त्यसैले देश यस्तो भएको छ। पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले छोड्न आदेश दिए लगत्तै ललितपुर प्रहरीले लामालाई पक्राउ गरेको हो। 

    मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई बिहीबार  छाड्न आदेश दिएको थियो। उनीहरुमाथि ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएको थियो। 

    अदालतको आदेश लगत्तै हतकडी लगाइएका लामाले पत्रकारसँग कुरा गर्दै राज्यको कानुनमाथि नै प्रश्न गरेका छन्।  ‘प्रहरी अफिसर साथीहरु उहाँहरुलाई केही भन्नु छैन’, लामाले भने,  ‘बिडम्बनापूर्ण छ, नेपालको कानुन कस्तो हो ? त्यही भएर त देशको यो दुरदशा भएको छ।’ 

    सुनसरीमा उनीहरुको नाममा अर्को हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा रहेकाले नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले लामासहितका चारै जनालाई सुनसरी पठाउने तयारी गरेको छ। अन्नपूर्णपोष्टबाट साबार

    Leave a Reply