
काठमाडौं, ७ माघ ।मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा बे’होस अवस्था भेटिएका ८ जना भारतीय पर्यटकको मृ’त्यु भएको छ । भारतको केरेलाबाट उत्तरी क्षेत्रको दामनमा घुम्नका लागि आएका उनिहरु आज बिहान बे’होस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थमा रहेका उनिहरुलाई उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पताल ल्याइएको थियो ।अस्पतालका सिइओ अनिल ओडिलले बे’होस अवस्थामा रहेका ८ जनाको नै मृ’त्यू भएको पुष्टी गरेका छन् । १५ जनाको टोली आएका उनिहरु दुई कोठामा बसेका थिए ।
अ’चेत रहेका २ पुरुष, २ महिला, २ बालक र २ बालिका रहेको प्रहरीले जनाएको छ ।चिसोबाट ब’च्न बालेको ग्यास हिटरबाट उनीहरु नि’सासिएर बे’होस भएको बताइएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन आइपुगेको बताइएको छ ।मृ’त्यु हुनेमा वर्ष ३८ को रञ्जीत कप, ३४ की इन्द्र, ३७ को प्रविण, ३२ कि श्री सरीया, ५ की अभि, ७ की अर्चना, ५ बैष्णब, ९ की बद्रा रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरा नाम भने खुलेको छैन ।साभार इसिधाकुरा.कम बाट