‘हाम्रो वडा खरको छानो मुक्त गर्ने अभियानमा छौ’ खोपिराम चौधरी

  • १३ माघ २०७६, सोमबार १६:१६ मा प्रकाशित
  • दाङ, १३ माघ / घोराही उपमहानगरपालिका लगायत अहिले सबै स्थानिय तह र अन्तरगतका वडा कार्यालयहरु तेस्रो चरणको बजेट कार्यावयनको भैरहेको छ । नयाँ जनप्रतिनीधि निर्वाचित भैसकेपछि सबै वडाहरुमा तेस्रो चरणको बजेट विनियोजन भएको छ र उक्त बजेट कार्यान्वय पनि भैरहेको छ ।

    आजको यस स्तम्भमा हामीले घोराही उपमहानगरपालिका वडा नम्वर ७का वडा अध्यक्ष खोपिराम चौधरीसँग वडाले गरेका विकासे कार्यक्रमहरुबाट कुराकानी गरेका छौ । वडा अध्यक्ष निर्वाचित भैसके पछि चौधरी लगायतको सिङ्गो वडा सरकारले गरेका विकासे गतिविधिको बारेमा यहाँ प्रस्तुत गर्ने प्रयास गरेका छौ ।

    सडक : वडा कार्यालय कै अगुवाई र प्रदेश सरकारको सहयोगमा सौडियार देखि कनरिया गाउँ जोड्ने सकड कालोपत्रे सुरु भएको छ । ग्रामिण सडक जोड्ने उक्त दुई लेनको सडकलाई प्रदेश सरकारले कालोपत्रेको लागि बजेट विनियोजन गरेको थियो ।

    यस्तै वडा कै क्षेत्र भित्र पर्ने तल्लो दामोदर रोड अर्थात सौडियार राजपुर जोड्ने सकड पनि बनेको छ । घोराही उपमहानगरपालिका र प्रदेश सरकारले सौडियार राजपुर जोड्ने सडकको लागि बजेन विनियोजन गरेको थियो । जुन काम अहिले सकिएको छ । वडा कार्यालयका अनुसार अहिले वडा नम्वर ७का प्रत्येक गाउँमा सडक पुगेको छ । ‘प्रत्येक घरमा एम्बुलेन्स जान सक्ने सडक विस्ता गर्ने’ घोराही उपमहानगरपालिकाको नीति अनुरुप अहिले सौडियारका सबै जसो घरमा सडक पुगिसकेका छन् । वडा अध्यक्ष खोपिराम चौधरीका अनुसार अहिले वडाको दुई तीन वटा घरमा मात्रै सडक पुग्न बाकिँ रहेको छ ।

    सिँचाई : प्रदेश सरकारको सहयोगमा सौडियारको सिसनियामा डिपबोरिङ संचालनमा आएको छ । सरकारको कविर ५७ लाख लागतमा सिचांईको लागि भनेर उक्त डिपबोरिङ निर्माण गरिएको हो । यस्तै सौडियार कै कक्षारे कुलामा सिचाई आयोजना, सुक्रवारमा २० लाखको लागतमा लिफ्ट सिचाई आयोजना संचालनमा आएका छन् ।
    सौडियारको धेरै गाउँहरुका जनताहरु कृषिमा आत्मनिर्भर भएको हुदाँ वडा सरकारले सिचाईका आयोजनालाई बढी जोड दिएको छ ।

    स्वास्थ्य : अव घोराही उपमहानगरपालिकाको वडा नम्वर ७ मै वडा प्रसुती सेवा सुरु भएको छ । प्रसुती सेवा कै लागि वडा कार्यालयले दुई कोठाको भवन भएको छ । वडामा खोप कार्यक्रम, पटक पटक विशेषज्ञ डाक्टर सेवा सहित स्वास्थ्य शिविरको समेत आयोजना गरिने गरिएको छ । वडाको स्वास्थ्य चौकी अहिले व्यवस्थित रुपमा संचालन भैरहेको छ ।
    शिक्षाः अहिले वडा क्षेत्रमा चार वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमा एउटा आधारभुत दुई वटा प्राथमिक विद्यालय रहेका छन् । वडा सरकारले सबै सामुदायिक विद्यालयका शिक्षकहरुलाई नियमित रुपमा शिक्षक तालिम दिदै आएको छ । वडाका सबै विद्यालयमा खाजा कार्यक्रम संचालन भएको छ ।

    विद्यालयमा रहेका सबै विद्यार्थीलाई नियमतीन रुपमा शैक्षिक सामाग्री वितरणको काम गरिएको छ । विपन्न बालबालिकालाई विद्यालय पोषाक, झोला, कलम, कापि पनि वितरण गरिएको छ । विपन्न बालकालिकालाई छात्राबृद्धिको व्यवस्था गरिएको छ । शिक्षक, अभिभावक शिक्षा कार्यक्रम पनि संचालन गरिएको छ । अभिभावकहरुले विद्यार्थीहरुलाई कसरी संस्कार सिकाउने, बालबालिकाको पठनपाठनमा कसरी ध्यान दिने भन्ने बारेमा पटक पटक अन्तरक्रिया गरिएको छ । शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नतीको लागि तालिम अन्तरक्रिया जस्ता कार्यक्रम संचालन भैरहेका छन् । शिक्षकको काम कतव्र्यको विषयमा पनि तालिम संचालन गरिएको छ ।

    कृषि : उपमहानगरपालिकाको सहयोगमा कृषकहरुलाई विउ विततरण समन्वय गरेर सहभागि पठाएका छौ । नगर कै ‘एक वडा एक उत्पादन’को कार्यक्रमलाई सफल पार्नको लागि वडा नम्वर ७मा प्याज खेति थालिएको छ । उपमहागनरले कृषकहरुलाई एक लाख रुपैँया बरावरको प्याजको विउ वितरण गरेको छ । यस बर्ष वडा नम्वर ७ले वडामा प्याज उत्पादनको काम थालेको छ ।

    यस्तै किसानबाट अत्यधिक माग भए पछि वडाबाट पनि कृषि औजारहरु वितरण गरिदै छ । यस बर्ष मात्रै करिव छ लाख बरावरको कृषि औजार वितरण गर्दैछौ ।वडाले गर्न लागेको विषेश कार्यक्रम भनेको अव वडालाई खरको छानो मुक्त बनाउनु रहेको छ । वडा भित्र रहेका सबै घरहरुलाई नगरपालिकाको सहयोगमा टिन वितरण गर्ने कार्यक्रम रहेको छ

    चालु आर्थिक बर्षमा मात्रै वडा कार्यालय करिव ७ लाख रुपैँया बरावरको टिन वितरणको कार्यक्रम राखेको छ । जसमा नगरपालिकाले ७ लाख र सम्बन्धित माग वाला व्यक्तीले ७ लाख गरि करिव २१ लाख बरावरको टिन वडामा रहेको खरको छानो भएको घरमा लाग्दै छन् । यसलाई वडाले महत्वपुर्ण कार्यक्रमको रुपमा लिएको छ ।

    वडा नम्वर ७ वडा कार्यालयका हुनु अगाडी नै सौडियार गाविस हुदाँ यस वडालाई लैगिक हिंसा मुक्त र बालमैत्री गाउँ घोषणा गरिएको थियो । सोही अनुरुप यहाँ महिला तथा बालबालिकाका विभिन्न कार्यक्रम पनि हुने गरेका छन्
    दैनिक अभियान

    Leave a Reply