नगर स्थापना दिवसमा एक सय बढी व्यक्ति तथा संस्था सम्मानित

  • १५ माघ २०७६, बुधबार २२:०६ मा प्रकाशित
  • -वसन्त अनुभव-

    घोराही, १५ माघ / घोराही उपमहानगरपालिकाले आज नगरको ४२ औँ स्थापना दिवस मनाएको छ । नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षता एवं प्रदेससभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यतामा उपमहानगरले ४२ औँ स्थापना दिवस मनाएको हो ।

    दिवसका अबसरमा नगरले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । एक सयबर्ष पुगेका ८ जना जेष्ठ नागरिक, ७ वटा उत्कृष्ठ टोल विकास संस्थालाई, सरसफाईमा निरन्तरता दिने ३ वटा टोल, सामुदायिक विद्यालयबाट उत्कृष्ठ अंक ल्याउने ५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

    त्यस्तै, एईईमा उत्कृष्ठ अंक ल्याउने दुई विद्यालय, ३ जना स्वयमसेविका, तीन जना पत्रकार, आमाबुवालाई स्याहार गर्ने छोरा बुहारी, अन्तराष्ट्रिय र राष्ट्रिय पदक बिजेता खेलाडी, नियमित कर तिर्ने व्यवसायी, उत्कृष्ठ उद्यमीहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

    साथै उत्कृष्ठ सहकारी, मेहनती किसान, उत्कृष्ठ बाल क्लव, कला साहित्यमा योगदान पुर्‍याउने व्यक्ति, बालबालिकाको अधिकार क्षेत्रमा काम गर्ने संस्था र व्यक्ति, आमा समूह र पैसेरी, थारु, मयुर, मगर, लाखे, भोटेभोटेनी लगाएतका नाँचलाई पनि पुरस्कृत गरिएको छ ।

    त्यसैगरी, मेयर कप फुटवल, उपमेयर कप भलिवल र व्याडमिन्टन खेलमा विजेता तथा उपविजेताहरुलाई पनि पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । नगरका प्रबक्ता भरतमणि अर्यालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले गर्नुभएको थियो ।
    सोसल मिडियामा शेयर

    Leave a Reply