सार्बजनिक बसमा महिलालाई दुर्ववहार गर्ने चालक पक्राउ ।

  • २९ पुष २०७६, मंगलवार ०१:११ मा प्रकाशित

  • काठमाडौ । सार्बजनिक बसमा यात्रा गर्ने महिला माथी दुर्व्यवहार गरेको अभियोगमा बसका चालकलाई सोमबार प्रहरिले पक्राउ गरेको छ ।
    लगनखेलको सडकपेटिमा ब्यापार गर्ने ती महिला आफ्नो सामान लिन न्युरोड जाने क्रममा एक्लै भएको मौका पारी चालक ले दुर्ववहार गरेका थिए ।
    उदयपुर कटारि ५ घर भइ हाल भक्तपुर सानोठिमी बस्ने बा २ ख ९३२४ नम्बरको बस चालक मिलन दाहाल महिला दुर्ववहारको उजुरी परेपछि काठमाडौं को ढल्कुबाट पक्राउ परेका छन् ।
    उनिमाथी सोमबारै जिल्ला प्रहरी कार्यलय ललितपुरबाट ७ दिनको म्याद लिएर महानगरीय प्रहरी परिसरको हिरासतमा राखि अनुसन्धान जारी गरिएको छ ।

    Leave a Reply