सामुदायिक विद्यालयमा स्टाफ नर्स राखिने

  • १५ माघ २०७६, बुधबार १६:२८ मा प्रकाशित
  • तुलसीपुर,१५, माघ
    प्रदेश ५ सरकारले दाङको एक विद्यालयमा स्टाफ नर्स राख्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले दाङको राजपुर गाउँपालिकाको शिवशक्ति मा.वि.मा एकजना स्टाफनर्स राख्ने भएको हो ।

    बिद्यालयभित्र बालबालिका तथा किशोरीहरुको स्वास्थ्य संरक्षण तथा प्रवर्द्धनका साथै किशोरीहरुमा महिनावारी हुँदा आइपर्ने स्वास्थ्य समस्या र जटिलतालाई न्यूनीकरणका लागी माध्यामिक तहका सामुदायिक बिद्यालयमा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत स्टाफ नर्स राख्ने निर्णय गरेको हो ।

    साथै प्रदेश सरकारले प्रदेश नं. ५ भित्रका माध्यमिक तहका आठ सामुदायिक विद्यालयमा स्टाफ नर्स राख्ने भएको छ । सोही कार्यक्रम अन्तर्गत निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दरखास्त आव्हान गरेको छ । प्रदेश ५ भित्रका सरकारी बिद्यालयमा उक्त सेवा प्रदान गर्ने कार्यक्रम अनुसार स्टाफ नर्स माग गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

    Leave a Reply