घोराही, ११ माघ । दाङमा रहेका सामुदायिक रेडियो सञ्चालकहरुको भेला शनिबार घोराहीमा सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रशारक संघको निर्देशन अनुसार जिल्लाका सामुदायिक रेडियो सञ्चालकहरुको भेला घोराहीमा भएको हो ।
भेलाले रेडियो मध्यपश्चिम सञ्चालक समितिका अध्यक्ष मधुसुदन बैद्य संयोजक रहेको सामुदायिक रेडियो प्रशारक संघ जिल्ला समन्वय समिति गठन गरेको छ । सदस्यहरुमा रेडियो स्वर्गद्वारीका दधीराम सुबेदी, हाम्रो पहुँचका शुक्रराज भण्डारी, रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो सञ्जीबनीका चेतन रेग्मी, रेडियो तुलसीपुरका तेजबहादुर परियारलाई चयन गरिएको छ ।
यस्तै पाठशालाका गोपालप्रसाद उपाध्याय, रेडियो हापुरेका बालकृष्ण पाण्डे, रेडियो देउखुरीका गोबिन्द रेग्मी, साझा आवाजका दुख हरण यादब, नयाँ युगका किशोर रेग्मी र रेडियो झरनाका रोशनमान श्रेष्ठलाई पनि सदस्यमा चयन गरिएको छ ।
सामुदायिक रेडियो प्रशारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरेको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलाले आगामी दिनमा सामुदायिक रेडियोबीच आपसी समझदारी, सहर्का र एकता गर्ने निर्णय गरेको छ भने स्थनीय, प्रदेश र संघीय सरकारलाई आबश्यक सहयोगका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।
चेतना अनलाइन