
प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजारस्थित ईलाका प्रहरी कार्यालय मुग्लिङको कार्यालय भवनको शनिबार शिलान्यास गरेका छन्।
खनालले नयाँ भवनसँगै परिस्कृत प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा उनले आग्रह गरे।
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गर्दै यस अन्तर्गत विभिन्न समिती र स्थानीय तहसँगको सहकार्यमा विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए ।
सरकारको नियमित बजेट बाट ४ कट्ठा ६ धुर बर्गमीटरमा मुग्लिङ प्रहरी इलाका कार्यलय ४ तल्ले भवन करिब ६ करोड ५८ लाख लागतमा निर्माण कार्य सम्पन्न हुने उक्त कार्यक्रममा जानकारी दिइयो । लोकान्तर खबर बाट