सभामुख अग्नि प्रसाद सापकाेटाको शपथग्रहण सम्पन्न

  • १३ माघ २०७६, सोमबार १५:५१ मा प्रकाशित
  • वसन्त अनुभव-
    काठमाडौ,१३ माघ / नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आज आफ्नो पद तथा गोपनियताको शपथ खानु भएको छ । राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

    सभामुख सापकोटाको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन लगायत मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु तथा पदाधिकारी कूटनीतिक नियोगका प्रमुखहरु लगायत उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    सभामुख सापकोटाले पद तथा गोपनियताको शपथ लिए लगत्तै आज नै सिंहदरबारस्थित कार्यकक्षमा सभामुखको पदभार ग्रहण गर्नु हुने भएको छ ।

    Leave a Reply