घोराही , २७ पौष / सडक निर्माणको काममा ढिलासुस्ती गरेको आरोपमा आज विप्लव समुहका कार्यकर्ताले सडक डिभिजन प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् । आक्रोशित समूह सडक डिभिजन कार्यालय, दाङका प्रमुख चौधरीको कार्यकक्षमै गइ कालोमोसो दलेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक डिभिजन प्रमुख चौधरीलाई विप्लव समुहले कालोमोसो दलेको कुराको पुष्टि गरेका छन् । प्रजिअ रिजालका अनुसार केहीबेर अघी चौधरीलाई कालोमोसो दलिएको थियो।
साथै प्र.जि.अ. रिजालले उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको समेत जानकारी दिए । घटनास्थलबाट प्रहरीले विप्लव समुहको ब्यान र सांङ्लो बरामद गरेको छ ।
डिभिजन प्रमुख चौधरीको दाङबाट सरुवा भइसकेको र उनको ठाउँमा निरज शाक्य खटाइएको बुझिएको छ । सरुवा भएपनि प्रमुख चौधरी अटेर बसिराखेको बुझिएको छ । सोसल मिडियामा शेयर